नियम २०
टिकट दर र श्रेणी
चलचित्र घरमा कायम गरिने विभिन्न श्रेणी र टिकट दर मन्त्रालयले समय–समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ । तर पूर्ण वातानुकूलित ‘क’ श्रेणीका चलचित्र घरमा कायम हुने विभिन्न श्रेणीको टिकट दर मन्त्रालयबाट स्वीकृत परिधिभित्र रही प्रदर्शकले तोक्न सक्नेछ । प्रदर्शकले त्यसरी टिकट दर तोकेकोमा त्यसको जानकारी तुरुन्त मन्त्रालय बोर्ड र स्थानीय जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्नेछ ।